31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंज बसपार्क क्षेत्रमा याैनधन्दा, १८ जना पक्राउ

वीरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा प्रहरीले वीरगंजकाे बसपार्क क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

कालिका टाईम्स दैनिकसहित विभिन्न संचारमाध्यममा बसपार्क क्षेत्रमा याैन व्यवसाय फस्टाएकाे भन्दै समाचार प्रकाशनमा आएपछि बुधबार वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको टाेलीले छापामारी गरी याैन व्यवसायमा सलंगन रहेका डेढ दर्जन महिला र पुरुषहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ ।

त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले जानकारी दिए ।

वीरगन्ज बसपार्कमा किशोरी उमेरदखि युवतीहरु र अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय हुँदै आएकाे स्थानियहरु वताएका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ ।

यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ । केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रोलिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् ।

बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका हुन्छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।

वीरगंजकाे बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् ।

बसपार्क प्रहरी चौकीका इन्चार्ज आदर्श खतिवडालाई यौन व्यवसाय गराउने होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको स्थानियहरुले वताएका छन । वीरगंजमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो हुने गरेकाे छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ ।

यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

यता प्रहरीले सेटिङ वाहेककाे हाेटलहरुमा मात्र छापामारी गरे स्थानियहरुकाे भनाई छ । प्रहरीकाे काम कारवाही बारे आलाेचना भएपछि मात्र देखाउटी रुपमा केहीलाई नियन्त्रणमा लिएकाे छाडेकाे स्थानियहरु वताउँछन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.048 sec. Memory consumption:81.48 mb