31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

नेपालको ४० बढी हलमा प्रदर्शनमा आउँदै भोजपुरी फिल्म ‘रण’

भोजपुरी फिल्म ‘रण’ नेपालको ४० भन्दा बढी सिनेमामा हलमा प्रदर्शन हुने भएको छ l यही शुक्रवारबाट नेपालकाे विभिन्न हलमा फिल्म प्रदर्शनमा आउन लागेको हाे ।

निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ  l अब यही शुक्रवारबाट नेपाल सँगै भारतको मुम्बई र गुजरातमा प्रदर्शन हुने निर्माण टिमको भनाई छ l

फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । अरुण कुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक पन्तलेनै लेखेका हुन्  l  महेश पौडेलको छायांकन रहेको फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ  l      

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.614 sec. Memory consumption:82.54 mb