वीरगंज । पर्साका दुई जना पत्रकारलाई एकैदिन मातृ शोक परेको छ । पत्रकारद्वय शत्रुधन नेपाल र संताेष मिश्रलाई एकै दिन मातृ शाेक परेकाे हाे ।
नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवम् प्रतिक दैनिकका सम्पादक शत्रुधन नेपालकी आमा ९२ बर्षिय पदमा नेपालको निधन भएकाे छ ।
नेपालकी आमा विगत चार/पाँच दिनदेखि बिरामी थिइन् । उनको छपकैयास्थित निजी निवासमा बुधबार साँझ निधन भएको हो । उनका दुईजना छोरा र चार छोरी छन् ।
उनकाे बुधबार राति नै वीरगंजकाे अशाेकबाटिकास्थित आर्यघाटमा अन्त्येष्टि समेत गरिएकाे थियाे ।
यसैगरी चन्द्रसूर्यवाणी दैनिक र क्राइम चेक सप्ताहिक पत्रिकाका सम्पादक सन्तोष मिश्राकाे आमाको बुधबार नै निधन भएकाे छ ।
नेपाल पत्रकार महासंघ, एसाेसिएट प्रदेश समिति सदस्य समेत रहेका सम्पादक मिश्रकी आमाको उपचारको क्रममा काठमाण्डौमा निधन भएको परिवारिक स्राेतले जनाएकाे छ ।