30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर ६ का वडाध्यक्ष अयाेध्याले कामकाज गर्न पाउने

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीकाे कामकाज गर्न बाटाे खुलेकाे छ । उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजले जारी गरेकाे अन्तरकालिन आदेशलाई निरन्तरा दिनु पर्ने नदेखिएकाे जनाएकाे छ ।

एक मतले विजयी वडाध्यक्ष अयाेध्याका निकटतम् प्रतिद्वन्दी लक्षमण प्रसाद कुर्मीले दिएकाे मतगणना बदर गरी पुन: मतगणना गरी पाउँ मुद्दामा सुनवाई गर्दै जेठ १२ गते उच्च अदालतले वडाध्यक्षकाे हैसियतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउनु अन्तरकालिन आदेश दिएकाे थियाे ।

त्यही मुद्दामा इजलाश नं. ४ का न्यायाधीश लेखनाथ पाैडेल र न्यायाधीश गणेश प्रसाद बरालकाे संयुक्त इजलासले साेमबार गरेकाे आदेशमा जारी अन्तरकालिन आदेशलाई निरन्तरता दिनु पर्ने देखिएन उल्लेख छ ।

निवेदक लक्ष्मणकाे तर्फबाट अधिवक्ताहरु रामेश्वर सेढाई, प्रमाेद प्रसाद, विरेन्द्र प्रसाद यादव, कमलमाेहन पाेखरेल र विपक्षी अयाेध्याकाे तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण, पानालाल गुप्ताले बहस गरेका थिए भने विपक्षी सरकारी कार्यालयहरुकाे तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगंजका सहायक न्यायाधिवक्ता विनाेद भट्टराईले बहस गरेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयाेध्या विजयी भएका थिए । अयाेध्याले ९०४ मत पाउँदा उनकाे निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.385 sec. Memory consumption:81.46 mb