22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीउवा संघद्वारा वीरगंजका ९ पत्रकार सम्मानित

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघले आफ्नाे ४६ औ साधारण सभामा वीरगंजका ८ जना पत्रकारलाई सम्मान गरेकाे छ ।

संघले नेपाल पाेष्ट डेलीका सम्पादक मनाेज पटेल, न्युज २४ टेलिभिजन, रेडियाे वीरगंज र वीरगंज टाईम्सकी मुस्कान श्रेष्ठ, नेपाल टेलिभिजनका पर्सा संवाददाता विजय कुमार महत्तो, अनलाइन खबरका सुरेश बिडारी, बिबिसी नेपाली सेवा, नारायणी एफएम र मधेश प्रदेश अनलाइनकी माधुरी महतो, ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साह, यात्राडेली डटकमका सुर्यनारायण विक, ब्रेकलिंक अनलाइनकी संवाददाता विमला गुप्ता र आवाज एफएमका राकेश साहलाई सम्मान गरेकाे हाे ।

साधरण सभाकाे उद्घाटन समाराेहमा प्रमुख अतिथी संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्माले संघको तर्फबाट सबै जनालाई गम्छा ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, संघीय सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य भीमा यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमानन सिंह, जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल, संघका पूर्व अध्यक्षहरु गोपाल केडिया, गणेश लाठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.212 sec. Memory consumption:81.44 mb