आनन्द पटेल/
परवानीपुर । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा जनता समाजवादी पाटी (जसपा) को घरदैलो कार्यक्रम समपन्न भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो ।
परवानीपुर गाउँपालीकाका मेयर पदका उमेदवार सन्जु साह, वडा अध्यक्ष पदका उमेदवार रामेश्वर साह कलवार सहितको टोलिले वडा नं. ५ बहुअरी टोलमा जनता दर्शन तथा घरदैलो गरेको छ । पार्टीका सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा छाता छाप चुनाव चिन्हमा मतदान गरी जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिइएकाे थियाे ।
परवानीपुर जसपा पार्टीकाे तर्फबाट गाउँपालीका प्रमुखको उम्मेदवार बनेका युवा नेता सन्जु साहले परवानीपुर गाउँपालीकालाई नेपालमै बिकास र परीवर्तनको रुपमा बिकास गर्नको लागि जनता समाजवादी पाटी नै चुनाव जित्नुपर्ने जिकिर गरे । उनले सबै प्रकारको समृद्धि अहिलेको आवश्यकता भएको धारणा राख्दै आफु बाहेकको मेयर जितेमा यस पालीकाको बिनास हुने र पालीकाबासीको हितमा नभएर ठेक्का र पैसा कमाउने काम बाहेक अन्य काम केही नहुने जिकिर समेत गरे ।
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी जसपा भएकाले जसपामा आउनेको लहर लागेकाले आफनो जीत निश्चित रहेको बताए । शनिबारकाे घर दैलो कार्यक्रममा पार्टीका वरीष्ट नेता रामचन्द्र सिंह, हरिनारायण साह, आनन्द यादव, भुपेन्द्र पटेल, सरोज यादव, त्रीलोक प्रताप सिंह लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।