वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । वडा नम्बर १३ मा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार रुस्तम शेखले बिहीबार नेता कार्यकर्ताहरुको साथमा मुर्ली, राधेमाई, तेजरा टोलेमा हरेक मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गरेका हुन् ।
त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार शेखले काँग्रेसका उम्मेदवारलाइ मत दिएर जिताउन आग्रह गरे । राजनीति एवम् सामाजीक पेशामा आबद्ध भइ वडा नम्बर १३ का जनताको सुख दुःखमा साथ दिनुका साथै वडाको बिकासका लागि काम गरीरहेका शेखले अब वडा अध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।
बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति अजय दुवेदी, उप मेयरका उम्मेदवार इम्तियाज आलम, पुर्व जिल्ला सचिव श्याम पटेल, क्षेत्रिय सभापति अरविन्द गुप्ता, बुथ सभापति कविर अन्सारी, नेवि संघ पर्साका सभापति बिकाश तिवारी, सचिव समीर मंसूरी, सह सचिव सेराज अंसारी, वडा सदस्यका उम्मेदवार अलाउदिन अंसारी, प्रज्वल साहि, महिला सदस्य निर्मला देवी, दलित महिला सदस्य बिगन देवी धाेवी लगायतकाे सहभागीता रहेको थियो ।