वीरगंज । संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।
शिक्षक फोरम नेपाल वीरगञ्ज महानगर समितिका अध्यक्ष गया प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार राजेशमान सिँहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरको बिकास गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए ।
५ वर्षसम्म सरुवा तथा बडुवा र शिक्षामा भ्रष्टाचार गरेर शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हुँदा अब आफुले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने सिँहको भनाई छ ।
शैक्षिक माफियाहरु सलबलाएको र बिनाकाम शिक्षकहरुको सरुवा र बडुवा गराएर दुःख दिने परिपाटीको अन्तय गर्नका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने सिँहले बताए ।
सरकारी विद्यालयको शिक्षालाई समेत यहाँका निवर्तमान मेयर विजयकुमार सरावगीले व्यापार बनाएको आरोप लगाउँदै उनले वीरगञ्ज जसपा नेतृत्वको आए सरकारी विद्यालयमा लाग्ने सम्पूर्ण अनावश्यक शुल्कलाई हटाएर सबैको पहुँचमा शिक्षा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार इम्तियाज आलम, जसपाका केन्द्रिय सदस्य जनार्दन प्रसाद यादव, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, जसपा मधेश प्रदेशकी बरिष्ठ उपाध्यक्ष पिंकी देवी यादव, नेतृ अन्नपुर्ण मानन्धर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जसपाका नेता मुकेश द्विवेदी लगायतको उपस्थिती रहेको थियो ।