वीरगंज । ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्दै आएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
खेल्न गएको मौका छोपी बालिकालाई आफु बस्ने घरको कोठाभित्र लिएर जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा चौधरीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस