वीरगंज । पर्सामा कार्यरत नेपाल प्रहरीका १० प्रहरी निरिक्षककाे सरुवा भएकाे छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैसाथ ६७३ जना प्रहरी निरिक्षककाे गरेकाे सरुवामा पर्सामा कार्यरत १० जना परेका हुन् ।
२०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी विभिन्न ठाँउमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशन गरेकाे सरुवा लिष्ट अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरिक्षक कुशल बर्तौलाको जिल्ला प्रहरी कार्यालय चितवन अपराध अनुसन्धान शाखामा सरुवा भएकाे छ । उनकाे ठाउँमा प्रहरी प्रधान कार्यालयले महानगरिय ट्राफिक प्रहरी परिसर, भक्तपुर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रकाश बस्नेतलाई पठाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मै कार्यरत दिपेन्द्र श्रेष्ठको महानगरीय प्रहरी वृत सिंहदरबारमा सरु भएकाे छ । उनकाे ठाउँमा चितवनकाे इलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत देवराज शर्मालाई पठाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मै कार्यतर धर्मेश कुमार यादवको प्रदेश नम्बर १ को दंगा नियन्त्रणमा सरुवा भएको छ भने उनकाे ठाउँमा महानगरिय प्रहरी वृत लाैनचाेरमा कार्यरत प्रज्वल थपलियालाई पठाइएकाे छ ।
वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत दिनेश गौतमको ईलाका प्रहरी कार्यालय बर्दीबासको महोतरी अपराधन नियन्त्रण शाखामा सरुवा भएकाे छ । उनकाे ठाउँमा सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. ४ नक्साल काठमाडाैंमा कार्यरत डिल्ली राज सापकाेटालाई पठाइएकाे छ ।
वडा प्रहरी कार्यालय वीर्तामा कार्यरत राजेशराज पुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय मातहतमा सरुवा भएको छ । उनकाे ठाउँमा प्रहरी प्रधान कार्यालय भर्ना छनाैट महाशाखा नक्साल काठमाडाैंमा कार्यरत बिशाल मल्ल आएका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत दीपक थापाको बाग्मति प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएकाे छ । उनकाे ठाउँमा महानगरिय अपराध महाशाखा टेकु काठमाडाैंमा कार्यरत आयुश प्रसाद जाेशीलाई पठाइएकाे छ ।
ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीमा कार्यरत रामकाजी थापाको जिल्ला प्रहरी कार्यालय बारामा सरु भएकाे छ भने उनकाे ठाउँमा प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत किशाेर अचार्यलाई पठाइएकाे छ ।
ईलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत ब्रहमदेव साहको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएर पुगेका छन भने उनकाे ठाउँमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत श्री शंकर श्रेष्ठ आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत सुमन कार्कीको प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो कार्यालयमा र मधेश प्रदेश विप्द व्यवस्थापन कार्यदल वीरगंजमा कार्यरत नितेश कुमा सिंहको जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा भएकाे छ ।
कार्कीकाे ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत ध्रुव प्रसाद दहाल र सिंहकाे ठाउँमा महानगरिय प्रहरी वृत दरबारमार्ग बच्चुराम फुयाँललाई पठाइएकाे छ ।