वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका एक दर्जन युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । बाराको परवानीपुर गाउँपालिका ३ मा आयोजित एक कार्यक्रममा लोसपाका स्थानिय प्रभावशाली युवा नेता दिपक यादवको नेतृत्वमा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।
लोसपा परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्नेमा प्रकाश यादव, नजमुल्लाह मिया, लोकेश यादव, ओमप्रकाश यादव रहेका छन । यस्तै नेकपा एमाले स्थानीय कार्यकर्ता हरिबेलाश यादव, अर्जुन यादव र सरोज यादव सहितकाले काङ्ग्रेस प्रवेश गरेका हुन् ।
युवा नेता दिपक यादव लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट थिए । तर सोनार मधेस सरकारको मन्त्री बनेपछि आफ्नो भाइ भतिजालाई मात्र अगाडि बढाएपछी यादव असन्तुष्ट बनेका थिए ।
कांग्रेस स्राेतका अनुसार दिपक यादव काङ्ग्रेसबाट बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा लडने पक्का पक्की भएको छ । अब उनी काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएर घरदैलोमा सहभागी हुनेछन । नव प्रवेशीहरूलाई नेपाली काङ्ग्रेसका नेता विजय गुप्ता, रामबहादुर यादव, पुन्यदेव यादव, रामदेव यादव लगायतकाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस