वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरकी वडा सदस्य जानकी देवी दास र उनकाे श्रीमान नन्दु दास नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
तत्कालिन संघिय समाजवादी फाेरमबाट वडा सदस्यमा निर्वाचित जानकी र उनकाे श्रीमान आइतबार कांग्रेस प्रबेश गरेका हुन् । दुबै जनालाई अविरकाे टिका लगाएर कांग्रेसका गाउँपालिका सभापति छठु साहले पार्टीमा स्वागत गरेका थिए ।
यसै बिच कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ कट्टी बलुवामा आइतबार नेपाली कांग्रेसकाे टाेल समिति गठन भएकाे छ । कांग्रेसकाे टाेल भेलाले हरदेव सहनीकाे सभापतित्वमा ४१ सदस्यीय टाेल समिति गठन गरेकाे हाे ।
नवगठित टाेल समितिकाे उप सभापतिमा नथुनी दास, प्रेम दास, सचिवमा विनय साह, वागड महताे काेइरी, उप सचिवमा उमेश साह, पानालाल दास, काेषाध्यक्ष नन्दु दास, सदस्यमा मुन्ना दास, रामानन्द सहनी, प्रमाेद साह, कमल ठाकुर, नन्दु साह गाेढ, भुखल दास, रामबाबु दास, रामबाबु दास, प्रभु सिंह, विगा सहनी, सुरेश दास, पहवारी दास, राजकुमार साह, बुधन दास, दिनेश दास, लक्ष्मण दास, अमिरका दास लगायतका रहेका छन् ।
कांग्रेसकाे गाउँपालिका सभापति छठु साह, वडा सभापति सिकन्दर देवान, वडाध्यक्षका उम्मेदवार संजय साहकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे ।