वीरगंज । बिक्री वितरणको लागि नेपालबाट भारत तर्फ लैजाँदै गरेको दुई वटा हात्ती प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्राप्त सुचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले पकहा मैनपुर गाउँपालिकाकाे वडा नं.५ पोखरिया टोलबाट शनिबार दिउसाे १२ बजे हातीहरु नियन्त्रणमा लिएकाे हाे ।
हातीकाे साथै माउते चितवनकाे भरतपुर नगरपालिका वडा नं. १८ जितपुरका ६० बर्षिय बुदिराम महताे, साेही ठाउँ निवासी ४० बर्षिय राजु कुमाल र हाती बिक्री गर्ने पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका ३५ बर्षिय सफराेज आलमलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
नियन्त्रणमा लिइएकाे हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।