8 April 2025
KALIKATIMES.COM

प्रगतिशील जनस्वास्थ्य महासंघकाे नव निर्वाचित कार्यसमितिको सपथग्रहण

वीरगंज । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंज महानगरको अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सपथग्रहण आईतवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
 
पर्सा जिल्लाको ग्रामिण क्षेत्र ठोरी गाउँपालिकामा एक भव्य समारोहका बीच अध्यक्षमा पुनः निर्वाचित करन पटेल लगायत पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराईएको छ । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नागमनी पटेलले सपथ ग्रहण गराएका थिए ।
 
सो अवसरमा विशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष छठु चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठ, महासंघका केन्द्रिय सचिव एवं मधेश प्रदेश सह–संयोजक तथा अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय उपाध्यक्ष सुभाष चन्द्र गुप्ता, केन्द्रिय सदस्य अली अखबर हुसैन लगायत बारा, पर्साका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
 
महासंघको अधिवेशन गत मंसिर १७ गते वीरगंजको देव पार्टी प्यालेसमा सम्पन्न भएको नवनिर्वाचित महानगर अध्यक्ष पटेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:208. Generation time:6.212 sec. Memory consumption:82.25 mb