वीरगंज । नेकपा एमाले प्रबेश गर्ने निर्णय लिएका नेता राजेशमान सिंहले वीरगंज महानगरवासीसंग सल्लाह मागेका छन् । उनी औपचारिक रुपमा प्रबेश गर्नु अघि वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी एमाले प्रबेश गरेपछि अन्याैलमा परेका छन् ।
नेता सिंहले समाजिक संजाल फेसबुकमा एउटा स्टेटस लेख्दै जनताकाे हक अधिकारकाे लागि लड्ने हामी र भगवानले दिएकाे सबै थाेक छ भनि भ्रष्टाचार गर्ने मेयरसंग एकै ठाउँमा बस्ने बाताबरण कसरी बन्छ ? कसरी काम गर्न सकिन्छ ? प्रशन गर्दै महानगर बासीसंग सुझाव मागेका हुन् ।
मेयर सरावगीले भ्रष्टाचार गरेकाे संज्ञा दिदै नेता सिंहले अब मैले के गर्दा उपयुक्त हुन्छ ? भनेर बीरगंज महानगरका बासीसँग समाजिक सञ्जालमा प्रतिक्रिया मागेका छन् ।
सिंहले आकर्षक नाराकाे ललिपप देखाएर, मेराे कसम जस्ताे झुठाे वाचा गरेर वीरगंज महानगरमा जितेपछि जनताकाे अमुल्य मतकाे कदर नगरी भ्रष्टाचारमा र ब्यतिथीमा लिप्त मेयरकाे हामीले सुरु देखि नै विराेध गरेकाे जनाएका छन् । उनले जनतालाई सहुलियत र सुशासनकाे कुरा त पर जाओस् । समान्य सफाई र नाला सम्म व्यवस्थित गर्न नसक्ने, जनताकाे दुखमा खडा हुन नसक्ने मेयरलाई एमाले पार्टी प्रबेश गराएकाे आराेप समेत लगाएका छन् ।
नेता सिंहले समाजिक संजाल फेसबुक मार्फत वीरगंजबासीसंग सल्लाह, सुझाव मागे पनि उनी जनता समाजवादी पार्टी (जसपा) प्रबेश गर्न लागेकाे हल्ला पनि चलेकाे छ । उनी साेमबार काठमाडाैं पुगी जसपाका अध्यक्ष उपेन्द्र यादवसंग छलफल समेत गरेकाे चर्चा भइरहेकाे छ ।