वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका समितिकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । गाउँपालिका सभापति छठु साहकाे सभापतित्वमा बसेकाे बैठकले गाउँपालिका अन्तर्गत रहेकाे १३ वटा टाेलमा महिला, दलित, युवा, विद्यार्थी र बस्ती, बस्तीमा कमिटी गठन गर्ने निर्णय गरेकाे छ ।
पार्टी कार्यालय मुडलीमा बसेकाे बैठकले कालिकामाईमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्ने, ज्ञापन पत्र बुझाउने, गाउँपालिकाकाे भवन निर्माणकाे लागि सम्बन्धित मन्त्रालयमा बजेट विनियाेजन गर्न माग गर्ने, वीरगंज चिनि कारखाना संचालनकाे लागि ज्ञापन पत्र मार्फत माग गर्ने र अगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे लागि प्रचार प्रसार तिब्र पार्ने निर्णय गरेकाे नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाका सचिव रामानन्द ठाकुरले जानकारी दिए ।
यस्तै, नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. ४ काे वडा समितिकाे बैठक सम्पन्न भएकाे छ । वडा सभापति सिकेन्द्र देवानकाे सभापतित्वमा बसेकाे बैठकले अगामी स्थानिय तहकाे निर्वाचनमा संजय कुमार साहलाई वडाध्यक्षकाे उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेकाे छ ।