वीरगंज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाकाे सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका छन् । कांग्रेसकाे १४ अधिवेशन अन्तर्गत वीरगंज महानगर समिति चयनकाे लागि शनिबार भएकाे निर्वाचनकाे ताजा मतपरिणाम अनुसार सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका हुन् ।
जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभापति राजेन्द्र बहादुर अमात्य समूहका नेपाली ३६ मतले विजयी भएका हुन् । उनले २५७ मत प्राप्त गरेका छन् । उनको निकटम प्रतिद्वन्दी रमेश रिजाल र अजय चौरसिया पक्षका राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् ।
त्यस्तै अर्का प्रतिस्पर्धी दिपेन्द्र चौहानले ३२ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा संतोष गुप्ता २४८ मत र सर्जुग महतो २४४ मत ल्याएर विजयी भएका छन् । गुप्ता द्विवेदी र अमात्य समूहका र महतो रिजाल र चौरसिया समूहका हुन् ।
उपसभापतिमा विजय सिंह २४२ र विरभूषण प्रसाद पटेल २२३ मत ल्याएर पराजित हुनुभएको छ । सचिवमा संस्थापन इतरका शिवचन्द्र प्रसाद यादव २६२ र संस्थापन पक्षका श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर विजयी भएका छन् ।
सचिव पदमा पराजित सञ्जय श्रीवास्तवको २२४ र धिरज कुमार गुप्ताको २१९ मत आएको छ ।
त्यसैगरी सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । दीपक कुमार साह २४६ र सहजाद हुसैन अन्सारी २५० मत ल्याएर विजयी भएका छन् ।
संस्थापन इतरका सम्साद अली अन्सारीले २३१ मत र जईन्द्र प्रसाद कुर्मी २२८ मत पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस