31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मेयर कप उद्घाटनमा आधा दर्जन विद्यार्थी बेहोस भएर ढले पछि..

वीरगंज । वीरगंज महानगरपालिकाकाे आयाेजनामा शनिबारदेखी तेस्राे मेयर कप खेलकुद प्रतियाेगिता सुरु भएकाे छ । वीरगंजस्थित नारायणी रंगशालामा सुरु भएकाे खेलकुद प्रतियाेगिताकाे उद्घाटन मधेश प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले गरेका थिए ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रम मै स–साना विद्यार्थीहरुलाई घण्टौं घाममा लाइनमा उभ्याइएपछि थुर्पै विद्यार्थीहरु मैदान मै बेहोस भएर ढलेका थिए । उद्घाटन कार्यक्रमको लागि भन्दै विद्यार्थीहरुलाई झण्डै तीन घण्टासम्म मैदानमा खडा गराइएपछि विद्यार्थीहरु बेहाेस भएर ढलेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

अपुग तयारीका बीच शुरु गरिएको मेयर कपमा सहभागी हुन आमनन्त्रित केही अतिथि र विद्यालय निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो पुगेपछि कार्यक्रम प्रभावित भएको थियो । खाजा पानी बिना बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएपछि करिब आधा दर्जन भन्दा बढी विद्यार्थीहरु बेहोस भएका थिए ।

मेयर कपको उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि बिहान ठिक ९ बजे कार्यक्रम स्थल आर्दशनगर रंगशालामा पुग्न महानगरपालिकाले सहभागी विद्यालयलाई पत्राचार गरेको थियो । सोही सर्कुलर अनुसार अधिकांश विद्यालयका विद्यार्थीहरु कार्यक्रम स्थल पुगेका थिए । तर निर्धारित समय भन्दा ३ घण्टा ढिलो शुरु भएपछि भोक भोकै मैदानमा उभ्याइएका विद्यार्थीहरु बेहोस भएका थिए ।

बिहान ९ बजे कार्यक्रम स्थल पु¥याउनका लागि विद्यालयहरुले तयारी गरेर कार्यक्रममा सहभागी हुन लागि बिहान ८ बजे नै विद्यालयमा बोलाएका थिए । यसरी बिहानको खाजाको भरमा भोक भोकै रंगशाला पुगेका विद्यार्थीहरु कार्यक्रम करिब ३ घण्टा ढिलो भएपछि मैदानमै धमाधम बिद्यार्थीहरु मुर्छित भए लडेको एक विद्यालयका शिक्षकले बताए ।

त्यपछि मात्र महानगरका कर्मचारीले पानी र फ्रुटीको व्यवस्था गरेका थिए । त्यो पनि अपुग रहेको तथा धेरै विद्यार्थीहरुले पाउन नसकेको गुनासो गरे ।

“खेलकुद बिकास हाम्राे अभियान, मेयर कप खेलकुद वीरगंजकाे शान” नाराकाे साथ सुरु भएकाे प्रतियाेगितामा १८ वटा सामुदायिक र २० वटा संस्थागत गरि जम्मा ३८ वटा विद्यालयकाे सहभागीता रहेकाे वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले वताए ।

उद्घाट कार्यक्रममा भएकाे मार्च पासमा जिएचपी मावि पहिलो, मनकामना मावि दोस्रो सिद्वार्थ मावि तेश्रो भएका थिए । उनीहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले पुरस्कार समेत वितरण गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य करिमा वेगम, वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे,  प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सनका रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम अगाडि विभिन्न स्कुलका बिद्यार्थीहरुले मार्चपास, झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:4.234 sec. Memory consumption:81.49 mb