वीरगंज । नेपाली काङ्ग्रेस जिराभवानी गाउँपालिकाकाे सभापतिमा मनमाेहन महताे निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औ अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिराभावनी गाउँपालिकाको अधिवेशनबाट महताेकाे सभापतित्वमा ३२ सदस्यीय गाउँ समिति निर्विराेध निर्वाचित भएका हुन् ।
समितिकाे उप सभापतिमा लालदेव दास, सत्यनारायण साह कानु, सचिवमा अर्जुन चौधरी थारु, रामाशंकर महतो, सह सचिवमा शेषनुमान आजम, अनिल गाैराै निर्वाचित हुनुभएकाे मतदान अधिकृत गगनदेव यादवले जानकारी दिए ।
यस्तै, समितिकाे सदस्यमा मदन दास तत्वा, राजेन्द्र साह, रुकमणी देवी थरुनी, बिरेन्द्र बच्छार, ध्रुपसागर खाँ, ललिता देवी, रामाकान्त महताे, प्रेम चाैधरी थारु, हिरामती देवी, गाैरीशंकर राय, प्रदेशी दास थारु, अंशुइया देवी थरुइनी, किरण प्रसाद राउत, प्रतिमा खवास, साेमनाथ सापकाेटा, पानादेवी, नविरसुल मियाँ, राजराज दास, शम्भु महताे थारु, संजय खवास, पुतरिया देवी थरुनी, नजिया देवी थरुनी, भागिरथ राम, पुनम देवी चमार र बृजलाल दिसवा निर्वाचित भएकाे वडा सभापति सराेज चाैरसियाले जानकारी दिए ।
नव निर्वाचित सभापति महताेसहित सम्पूर्ण गाउँ समितिका पदाधिकारी र सदस्यहरुलाई प्रदेश सभा सदस्य शंकर चाैधरीले फुल माला र अविरकाे टिका लगाएर प्रमाण पत्र वितरण गरेका थिए ।