कलैया । मृगाैला राेगी शिक्षक श्रीनिवास प्रसाद साहलाई आर्थिक सहयाेग प्राप्त भएकाे छ । बाराकाे महागढीमाई नगरपालिका वडा नं. १ का निवासी मृगौला राेगी ३५ बर्षिय श्रीनिवासलाई रु ८ लाख ३७ हजार ६ सय ७० सहयाेग प्राप्त भएकाे हाे ।
महागढीमाई फाउन्डेसन नेपाल र लायन्स कल्ब अफ महागढीमाईले संयुक्त रुपमा संचालन गरेकाे श्रीनिवास बचाउ अभियान अन्तर्गत संकलित रकमकाे चेक पिडित साहलाई हस्तान्तरण गरिएकाे छ । एक महिनादेखि संचालित अभियानमा विभिन्न संघ/संस्था तथा व्यक्तिगतहरुले सहयाेग गरेकाे रु ८ लाख ३७ हजार, ६ सय ७० रुपैयाको चेक शनिबार हस्तान्तरण गरिएकाे फाउन्डेसनका सुबास यादवले जानकारी दिए ।
द राइजिङ स्टार काेचिङ सेन्टरका संचालक समेत रहेका शिक्षक श्रीनिवासकाे बिगत ६ महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेको र उपचारमा समेत आर्थिक अवस्था नाजुक रहेकोले सकस भएको कारण सहयोग गरिएको यादवले वताए । ्श्री
निवासकाे उपचारको क्रममा उनकाे भएजतिकाे सम्पत्ति समेत बिक्री गरिएको आवस्थामा पनि सम्भव नभएपछि परिवारजनले आर्थिक सहयोगको अपिल गरेकोले स्थानिय संस्थाहरुले सहयाेगकाे लागि अभियान चलाएकाे थियाे ।
श्री गढीमाई महेन्द्र प्रावि महागढीमाई नपा २ काे प्राङ्गणमा भएकाे चेक हस्तान्तरण कार्यक्रममा सहयाेग रकमकाे चेक बुझ्दै पिडित साहले सम्पुर्ण दाताहरु प्रति आभार व्यक्त गरे । साहको जीवन वचाउन सहयोग प्रदान गरेका सम्पूर्ण दाताहरुलाई अभियान्ता शिवमंगल यादवले समेत धन्यावाद दिए ।
फाउन्डेसनका आजिवन सदस्य शिवमंगल यादवको अध्यक्षतामा भएकाे चेक हस्तांतरण कार्यक्रममा फाउन्डेसनका सदस्य एवम् प्रहरी सहायक निरिक्षक सुभाष यादव, जयराम कुशवाहा, बेद प्रकाश कुशवाहा, लायन्स क्लब अफ महागढीमाईका सचिव विकी महताे, फाउन्डेसनका संरक्षक राकेश कुशवाहा, फाउन्डेसन र लायन्स क्लका सदस्य अमिचन महतो, अबताब आलम, अमित कुशवाहा, ओम नारायण चौरसिया, मिथिलेश स्वर्णकार लगायतको उपसतिथि रहेको थियो भने कार्यक्रमको सञ्चालन जियालाल कुशवाहाले गरेका थिए ।
यता यस्ता समाजिक कार्यमा आवद्ध भई समाजिक कार्य गर्न चाहनेहरुकाे लागि फाउन्डेसनले सदस्यता खाेलिएकाे जनाएकाे छ ।