16.5 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजी कै संलग्नतामा मधेश प्रदेशमा तस्करी

घुमुवा प्रहरी मार्फत प्रदेशकाे ८ वटै जिल्लामा तस्करीकाे लाइन खुल्ला

वीरगंज । मधेश प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा तस्करी मौलाएको छ । प्रदेशको नामाकरण र राजधानीको समर्थन र विरोधमा राजनीति गर्माएको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा निर्वाध रुपमा तस्करी मौलाएको हाे ।

प्रदेशका ८ वटै जिल्लामा नेपाल प्रहरीका प्रदेश प्रमुख डिआईजी उमेश रंजितकार र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डिआईजी गणेश ठाडा मगरको संरक्षणमा तस्करी मौलाएको श्रोतले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजीले ८ वटै जिल्लामा आ–आफना छुट्टाछुटै घुमुवा खटाएर तस्करहरूलाई ‘लाइन’ दिएर महिनावारी असुली गरि रहेको श्रोतले जनाएको छ । मधेश प्रदेशका ८ वटै जिल्लाबाट राजनीतिक विवादका कारण सबैको ध्यान अन्यत्र केन्द्रित भएको बेला सिमा क्षेत्र तथा जिल्लाको सुरक्षा मजबुद बनाउने निकाय नै रातको समयमा दैनिक करोडौको तस्करीमा संलग्न हुन थालेसँगै आर्थिक अवस्था समेत धारासायी हुने निश्चित भएको छ ।

अहिले सशस्त्र प्रहरीले रविकान्त मिश्र, आत्माराम पटेल, गगनदेव साह, रामखेलावन यादव, वशिष्ठ पटेल, सुकदेव बैठा र अशोक साहलाई मधेस प्रदेशमा परिचालित गरी रकम संकलन गरी रहेको सशस्त्र प्रहरी निकट श्रोतले जनाएको छ ।

पर्सा

पर्सामा नेपाल प्रहरीका डिआईजीले घुमुवाको रुपमा हवल्दार राजु गुप्तालाई खटाएका छन । बीरगंजबाट तस्कर मदन रून्चे समूहले २० लाख भन्दा बढी र किशोर र पप्पु नाम गरेका तस्करहरुले मासिक १२ लाख रुपैया भिष्वा र जानकी टोलाबाट तस्करी लाईन पाएबापत बुझाउने गरेका छन् ।

त्यसैगरी हरिन्द्र पटेल, मुन्ना मियाँ लगायतले पनि तस्करी लाईन डिआईजीलाई मिलाएर संचालन गरी रहेको श्रोतले जनाएको छ ।

बारा 

बारामा डिआईजीको घुमुवाको रुपमा संजय जयसवाल र सुनिल ठाकुर खटाईएका छन । बारा जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई पैसा खुवाएर भैसी तस्कर सन्तोष गुप्ता, सुरेन्द्र जयसवाल, खसी बोका तस्कर नुनु नाम गरेका व्यक्तिलाई लाइन खुलाएका छन् ।

त्यसैगरी बाराकै मटिअर्वा सिम्रौनगढ क्षेत्रबाट सरोज श्रीवास्तव, खेना, लालबाबु अखोटले तस्करी लाईन संचालन गरेका छन भने सोही क्षेत्रबाट अरविन्द यादव कपडा र हुण्डी कारोवार, बाराको कचोर्वाबाट रन्जित यादव, प्रभु यादव, चन्देश्वर यादव, दिपक यादवसहित कपडाको ठूलो तस्करी गर्ने रेखा देवी र हरेन्द्र साहलाई समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको लाईन दिएर करोडौको राजस्व हिनामिना गर्दै आएको श्रोतले जनाएको छ ।

राैतहट

त्यसैगरी रौतहटमा जिल्लाको सम्पूर्ण नाका प्रयोग गरी शम्भु साह, मनोज साह, कौशल साह, सुरेश यादव, ब्रह्मदेव यादव, वीरेन्द्र सिंहलाई तस्करीको लाईन छ । गौरको मुख्य नाकाबाट कपडा भित्र्याउन लाइन दिइएको छ ।

रौतहटका मोतिम अन्सारीलाई कुखुराको चल्ला, कटहरिया नगरपालिकाको उपप्रमुखका श्रीमान नसरुद्दिन मियाँलाई पनि स्पेशल ‘लाइन’ उपलब्ध गराइएको छ । उनी सिजन अनुसार सबथोकको कारोबारमा संलग्न छन् । यसका लागि नेपाल प्रहरीले रौतहटमा डिआईजीको घुमुवाको रुपमा असई राजमंगल सिंह, श्याम साह सोनारलाई खटाएको छ ।

सर्लाही

यसैगरी सर्लाही जिल्लाको संग्रामपुर, मधुवन भन्सार, गोरखकाली, परसा, बारा उदोरणलगायत सम्पूर्ण नाका तस्करहरूलाई उपलब्ध गराइएको छ । सर्लाही जिल्लाबाट प्रकाश यादव, विजय साह, पुकार यादव, परमहंस साह, हीरालाल साह, श्याम साह, अन्तोष साह, रामेश्वर यादव, गुलाम, चन्देश्वर चौधरी, दिनेश महतो, मुन्सीलाई भारतबाट कपडा नेपाल भित्र्याउन लाइन दिइएको छ ।

विनोद साहलाई कुखुराको चल्ला, उमेश पटेललाई केराउ र मरीचको लाइन दिइएको छ । सर्लाहीमा नेपाल प्रहरीका डिआईजीले पैसा उठाउनका लागि असई लालजी यादव, हवलदार विनोद राम, प्रहरी जवान कृष्ण यादव र मन्जित यादवलाई घुमुवाको रुपमा खटाएको श्रोतले जनाएको छ ।

महाेतरी

यसैगरी महोत्तरी जिल्लाको धिरापुर, भिट्ठामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर लगायतका नाकाहरू खोलिएको छ ।

यस जिल्लाबाट राजा, कालिया, सिकेन्द्र यादव, मेथुर मण्डल र लक्ष्मी चौधरी, बाला दास तत्मा, सन्दीप यादव, रामकेवल मण्डल, विवेक मण्डल, राजेश यादव, रामविनय यादव, तुफान, रामछबिला यादव, मोती अन्सारी, मोदसिर, विनोद यादव, सरीफुल, बिन्देश्वर नायक लगायतका गिरोहलाई लागुऔषध, गाँजा, कपडा, केराउ, मरीच, छोकडा, खसी, गाईको लाइन उपलब्ध गराइएको छ ।

महोत्तरीमा डिआईजी उमेश रंजितकारले हवलदार बैजु यादव र जवान धर्मेन्द्र यादवलाई खटाएको श्रोतले जनाएको छ ।

धनुषा

यसैगरी धनुषा जिल्लाको विभिन्न नाकाहरु मध्ये जटही, जयनगर, हर्ने हरलाठी, फुलगान्वा, धनौली, ठान्डी, खजुरी, इनर्वा, दुभी, बहुअर्वा, मुखिया पट्टी नाकाबाट मोहन जालान, राजीव महासेठ, धर्मेन्द्र यादव, लेंगडा भन्ने राजु, चाची, सुरेश साह, उमेश साह, जय कुमार, कलाम लगायत गिरोहलाई कपडा, रजनीगंधा, रक्सी, मोटर पार्ट्स, मरीच, केराउको लाइन दिइएको छ ।

यसका लागि धनुषामा डिआईजी रंजितकारले घुमुवाको रुपमा सई नागेन्द्र यादव, हवलदार मनोज महतो, मोतिलाल पटेल, महेन्द्र महतो र जवान उमेश रामलाई खटाएको श्रोतले जनाएको छ ।

सिराहा

सिराहा जिल्लाका तस्कर मुसहर यादव, आजाद यादव, धीरज यादव, मोहन यादव, उपेन्द्र, नन्दालाई कपडा लत्ता, सन्तोषलाई किराना र कलामलाई गाईको लाइन वितरण गरिएको छ । माडर, ठान्डी, बियापट्टी, सखीपुर, झाझपट्टी गरु सिराहा जिल्लाका प्रमुख चारवटै नाका तस्करहरूलाई जिम्मा लगाइएको छ ।

सिराहामा नेपाल प्रहरीका डिआईजीको घुमुवाको रुपमा हवलदार सन्तोष झा, प्रमोद यादव, प्रहरी जवान दिनेश यादव र सरोज यादव खटिएका छन ।

सप्तरी

यसैगरी सप्तरी जिल्लाको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरक्षणमा सखडा, तिलाठी, बेलाही, हनुमाननगर, झुटकी, कोदरट्टी, सरठी, पातो लगायतका नाकाहरू ओमप्रकाश यादव, जाकिर मियाँ, हरिसुदन यादव, ओमप्रकाश यादव, धुरन साह, मुकेश सिंह, बुटुल सिंह, शम्भु, भुनेश्वर, मनोज, मनिर मिया, सद्दामको गिरोहलाई गाई, गोरु, कपडा, केराउ, मरीच, छोकडा, सुपारी, रक्सीको लाइन दिइएको छ ।

तस्करीको लाईन दिएवापत पैसा उठाउन नेपाल प्रहरीले असई उदय सिंहको कमाण्डमा प्रहरी जवान सत्यनारायण ठाकुर र अनिल यादवलाई खटाएको छ ।

मधेश प्रदेशका पर्सा, बारा, रौतहटसहित आठवटै जिल्लाबाट दैनिक करोडौको तस्करी हुँदा देशको राजश्व मात्र नभई अर्थतन्त्र नै चौपट हुने शंकेत देखिएकाे छ । राज्यकोषको ढुकुटीबाट तलब खानेहरुले चोरी तस्करीलाई नियन्त्रण गर्नु पर्नेमा उल्टै अनियमित ढंगले काम गरेपछि मधेश प्रदेशको अवस्था नाजुक बन्दै गएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.354 sec. Memory consumption:81.48 mb