31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा तेस्राे दिन पनि मुख्यमन्त्री र नेता साेनलकाे पुत्ला दहन

वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुर भएपछि पर्सामा सुरु भएकाे आन्दाेलन तेस्राे दिन पनि जारी रह्याे । संयुक्त युवा विद्यार्थीले तेस्राे दिन बुधबार वीरगंजकाे घण्टाघरमा मुख्यमन्त्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र साेनलकाे पुत्ला दहन गरेका थिए ।

मुख्यमन्त्री राजीनामा देउ, बीरगंज बेचन पाइदैन, जनकपुर राजधानी खारेज गर, वीरगंजलाई राजधानी घाेषणा गर लगायतका नारा लगाउँदै युवा, विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए ।

प्रदर्शनमा नेवि संघका सुधिर पटेल, लोसपाका युवा नेता सुजीत गिरी, युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज अनिल पटेल, जिल्ला अध्यक्ष भुपेन्द्र साह, राष्ट्र युवा संघ नेपालका जिला अध्यक्ष नेजाम अंसारी, प्रमोद पटेल, लोसपाका युवा राजू गुप्ता, अनेरास्ववियुका क्रान्तिकारीका जिल्ला अध्यक्ष कबीर पटेल, मेराज अंसारी, भीम यादव, श्रीलाल कुश्वहा, अनिल कुशवाहा, अनिष पटेल लगयातको सहभागिता रहेको थियो ।

यस अघि वीरगंजकाे आदर्शनगरस्थित स्विमिङ पुलमा बसेकाे पर्सा जिल्लाकाे विभिन्न राजनितिक दलकाे जन संगठन समर्पित युवा बिधार्थीकाे  बैठकले वीरगंजलाई राजधानी बनाउन जारी आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.920 sec. Memory consumption:81.48 mb