22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजलाई राजधानी बनाउन राजनितिक दलहरुले संयुक्त संघर्ष गर्ने

वीरगंज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगंजमा बसेको चार राजनितिक दलको संयुक्त बैठकले वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो । 

नगर सभा गृहमा बसेकाे बैठकमा नेपाली कांग्रेसका वीरगंज महानगर अध्यक्ष भोला कलवार, लाेसपाका नेता राजेशमान सिंह, मुकेश द्विवेदी, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, नेकपा एस महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, अधिवक्ता पानालाल गुप्ता लगायतकाे बैठकलले वीरगंज राजधानी बनाउनका लागि संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेकाे लोसपाका नेता सुजित गीरिले जानकारी दिए । 

बैठकमा वीरगंज प्रदेशको राजधानी बनाउनका लागी विभिन्न आन्दोलनको कार्यक्रम तय गर्ने र ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने निर्णय भएको गिरीले बताए । सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएपछि पर्सामा मुख्यमन्त्री लालबाबु राउतको लगातार पुत्ला दहन हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.300 sec. Memory consumption:81.48 mb