30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजलाई राजधानी बनाउन थप रणनिति तय

वीरगंज । वीरगंजलाई प्रादेशिक राजधानी बनाउन दबाव दिन ज्ञापन पत्र बझाउनेदेखी धर्ना बस्ने सम्मकाे कार्यक्रम तय गरिएकाे छ । वीरगंजलाई प्रादेशिक राजधानी बनाउन निकालिएकाे खबरदारी जुलुशकाे भाेली पल्ट आइतबार बसेकाे एक बैठकले भावी रणनीतिकाे बारे छलफल गर्दै त्यस्ताे निर्णय गरेकाे हाे ।
 
बैठकले पुस २८ गते बुधबार प्रदेश नं. २ को प्रतिपक्षिय संसदीय दलको नेता जितेन्द्र सोनललाई ज्ञापन पत्र बुझाउने र पुस ३० गते शुक्रबार प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे वीरगंज निवास अगाडी शान्तिपूर्ण धरना तथा प्रदर्शन गर्ने निर्णय गरेकाे लाेसपाका युवा नेता राजेशमान सिंहले जानकारी दिए ।
 
प्रदेश नं. २ काे एक मात्र महानगरपालिका, स्वास्थ्य र शिक्षाकाे हब बन्दै गएकाे वीरगंजलाई राजधानी बनाउन हरेक प्रयास गरिने उनले वताए । वीरगंजकाे मतबाट निर्वाचित भएर वीरगंजबासीलाई धाेखा दिने नेतालाई जनताले पनि पहिचान गर्नु पर्ने उनकाे भनाई थियाे । नेता सिंहले बीरगंजलाई राजधानी बनाउन सबै एकजुट हुनु पर्ने पक्षमा आफु रहेकाे बताए ।
 
वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा बसेकाे बैठकमा प्रदेश सभा सदस्य प्रहलाद गिरी, लाेसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:210. Generation time:2.798 sec. Memory consumption:81.26 mb