30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगञ्जलाई राजधानी बनाउन खबरदारी र्‍याली, ‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’, काे नारा

वीरगंज । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ । ‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’, भन्दै शनिबार वीरगंजमा बृहत जुलुस प्रदर्शन भएको हो ।

स्विमिङमुलबाट निस्किएको बृहत् र्‍याली वीरगञ्जको आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद प्रह्लाद गिरीले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए । बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

लाेसपाका युवा नेता राजेशमान सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए । वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो । २०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए । तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.926 sec. Memory consumption:81.48 mb