16.7 C
Birgunj
22 December 2024
KALIKATIMES.COM

नेपाल र भारत सम्बन्धलाई जनस्तरबाट प्रगाढ बनाउनु पर्छ : वक्ताहरु

वीरगंज । नेपाल भारत सिमावर्ती जनमैत्री सम्मेलन बुधवार वीरगञ्जमा सम्पन्न भएको छ । भारतकाे ७५ औ  अजादी दिवस (अमृत महाेत्सव) रजतजयन्तीको अवसरमा आयोजित सभालाई सम्बाेधन गर्दै कृषि तथा पशुपन्छि बिकास मन्त्री महेन्द्र राय यादवले नेपाल र भारत बिच अटुट सम्बन्ध रहेकाे वताए ।

उनले भने “नेपाल र भारत सार्वभौम देश हो । दुई देशको पौराणिक, धार्मिक, पारिवारीक, अटुट र महत्वपूर्ण सम्बन्ध रहेको छ । एक आपसमा देखिएको समस्या दुई देशको साँझा समस्या बुझेर साँझा समाधान निकाल्न जनता विचका सम्बन्ध अझ बलियो बनाउँनु पर्छ ।”

प्रगती उन्नती गर्नको लागि दुई देशको सरकार विभिन्न समयमा विभिन्न समस्यालाई सम्वाद र वार्ताको माध्यमले समाधान गर्ने सरकारको निति नै रहेको उनले बताए । वर्तमान समयमा सिमामा देखिएको समस्या नेपाल र भारतको लागि साझा समस्या हो यसको समाधान दुई देशको सरकारले नै गर्छ बताउँदै केही दिन मै नेपालका प्रधानमन्त्रीद्वारा हुने भारत भ्रमणकाे क्रममा धेरै समस्या समाधान भएर जाने वताए ।

प्राकृति र भौगोलिक हिसाबले चुरे दहन हुँदा जुन प्रकारले भुक्षय आउँने सम्भावना रहेको छ, त्यसले गर्दा तराई मधेशको जनजिवनमा ठूलो असर पर्ने देखिएको छ, उनले भने, ‘चुरे संरक्षण नहुँदा तराईको अधिकांश जमिन उर्वभुमिमा परिणत बन्दै यसको तराई मधेशमा मात्र नभई सिमानाकामा समेत असर पर्ने भएकोले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको छ ।

भारतीय सांसद एवं भारतीय जनता पार्टी बिहार प्रदेशका अध्यक्ष संजय जैसवालले नेपाल र भारतको सम्बन्धलाई जनस्तरबाट प्रगाढ बनाउँन भारत सरकारले विभिन्न विकासको योजना ल्याएको बताए ।

उनले भने, “नेपालका व्यापारीहरुको लागि व्यापारमा सहज बनाउँन रक्सौल देखि हल्दीया सम्म ४ लेनको हाईवे सडक निर्माणको प्रकृया अगाडी बढाईएको छ । त्यसैगरी रक्सौलबाट भारतको विभिन्न शहरको लागि रेल्वे कनेक्टीभिटी बढाउँन तिव्ररुपमा काम अगाडी बढाईएको छ । उड्नमन्त्री ज्योती आदित्य सिन्धीयाको सम्बन्ध नेपालसंग पारिवारी सम्बन्ध भएका कारण रक्सौलमा हवाई हड्डा निर्माणको कार्यलाई विशेष प्राथमिकतामा राखेर अगाडी बढाईएको छ ।”

रक्सौलमा विभिन्न रेल्वे क्रसिंममा ओभरबृज निर्माणको काम यही २०२२ मा सम्पन्न गर्ने योजना अनुसार कामतिव्र गतिमा अगाडी बढाईएको उनले बताए । नेपाल युवा उद्यमीलाई सक्दो सहयोग गराउँन प्रतिबद्धता समेत सांसद जैसवालले गरे ।

उनले, आईसीपीबाट यात्रुआवगमनको लागि भारत सरकारले पहल कदमी सकारत्मक रहेकोले नेपाल सरकारले चाहेको बेला यात्रुहरुको लागि पनि आवगमन गर्न सहज बनाउँन प्रतिबद्ध रहेको बताए । 

नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यले नेपाल भारत सहयोग मंचले विगत २५ वर्षमा निर्वाह गरेको भुमिका बारे सविस्तार व्याख्या गर्नु भएको थियो । उनले रक्सौल काठमाडौ रेल परियोजना अगाडी बढाइएकाेमा भारतिय सांसद जयसाललाई धन्यवाद समेत दिए ।

नेपाल भारत सहयोग मंच वीरगञ्ज र सरोकार मंच रक्सौलको संयुक्त आयोजनामा भएको कार्यक्रमममा स्वागत मन्तव्य राख्दै अध्यक्ष बैधले रक्सौल पाटना स्कप्रेस ट्रेन संचालन र रक्सौल एयरपोर्ट संचालनकाे माग गरेका थिए ।

यसका साथै उनले सिमरा एयरपोर्ट बिकास गर्नु पर्ने वताए । उनले वीरगंजकाे विकास भए मात्र रक्सौलको विकास हुन नसक्ने वताउँदै रक्सौल सौन्दर्यकरण र मोर्डन सहर बनाउनु वताए ।

सम्मेलनमा भाेजपुरी प्रसिद्ध गायक सुनिल पण्डीत, भारत नेपाल मैत्री संघ रक्सौलको अध्यक्ष मनिष कुमार दुवे, उधोगपति एवम्‌ मंचका पुर्व अध्यक्ष वावुलाल चाचान, हिरालाल केडिया, आत्माराम कावरा मुरली धर रुङटा उमेश चन्द्र ठाकुर, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा  र ईश्वर चन्द्र गौतमलाई सम्मान गरिएको थियो । 

वीरगंजकाे आदर्शनगरस्थित हाेटल दियालाे लाेर्डसमा भएकाे कार्यक्रममा प्रतिनिधि सभा सदस्य लक्षमण लाल कर्ण, प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा, भारतीय महावाणिज्य दुतावास वीरगन्जका महावाणिज्य दुत नितेक कुमार, नेपाल भारत सहयाेग मंचका महासचिव अधिवक्ता बालमुकुन्द खरेल, मंचका सल्लाहकार उमेशचन्द्र ठाकुर, एनवाईएफका अध्यक्ष अनुप अग्रवाल, आईसिपी रक्सौलका प्रबन्धक ज्ञानेन्द्र कुमार लगायतले आ आफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजबाट जुवा खेल्ने ६ जना पक्राउ, रु १ लाख ४५ हजार नगद बरामद

कालिका टाईम्स

रास्वपा पर्साको प्रथम जिल्ला भेला सम्पन्न, सभापतिमा पन्त निर्विराेध निर्वाचित

कालिका टाईम्स

आशा किरण केन्द्रको दशौं वार्षिकोत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:4.527 sec. Memory consumption:81.45 mb