वीरगंज । पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश -२, पर्सा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५, महुवनमा दलित समुदायको युवाहरुको जमातद्वारा संचालित फाउन्डेसन पुरस्कृत भएकाे हाे ।
नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर बिकेकाे बाबुआमाको सम्झना स्थापित भिम -माया स्मृति पुरस्कारबाट फाउन्डेसन पुरस्कृत भएकाे फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।
साे पुरस्कारबाट एक कार्यक्रमबा बिच शनिबार पुरस्कार राशी रु ५० हजारकाे चेकसहित प्रमाण पत्रले फाउन्डेसनका अध्यक्ष रामलाई सम्मानित गरिएको छ । पुरस्कारले संस्थाको जिम्मेवारी झन बढेकाे र आगामी दिनमा अझै सक्रियता हुने अध्यक्ष रामले वताए ।
विगत केही बर्षदेखी फाउन्डेसनले प्रदेश -२ को मधेशी दलित बालबालिकाको शिक्षामा पहुँच, विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा संचालन गर्दै आएकाे उनले जानकारी गराए ।
काठमाडौंमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भिम-माया स्मृति पुरस्कार समारोह तथा विके सेवकद्वारा लिखित मान्छे र माटो कविता संग्रह -२ लोकार्पण कार्यक्रमको फाउन्डेसनलाई पुरस्कारले सम्मानित गरिएकाे हाे ।
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्ष रणेन्द्र बराईलीको अध्यक्षता र बागमती प्रदेश प्रमुख तिलक परियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राजदुत पदम सुन्दास, गोबिन्द नेपाली, मोतिलाल नेपाली, डाक्टर मान बहादुर विके लगायतकाे उपस्थिति रहेकोे थियाे ।
कार्यक्रमको संचालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महासचिव सरोजदिलु विश्वाकर्माले गरेका थिए ।