वीरगंज । क्रिसमसकाे अवसरमा आशा किरण केन्द्रलाई शनिबार सहयाेग प्राप्त भएकाे छ । केन्द्रका बच्चाहरुकाे लागि कम्प्युटर, प्रीन्टर, न्यानो कपडा एवम् मिठाई खाजा सहयोग उपलब्ध भएकाे केन्द्रका महासचिव राजन श्रीवास्तवले जानकारी दिए ।
वीरगंजकाे सिद्धार्थ मा.बि.को प्राणङमा रहेको सुस्तमनिस्थितिका बालबालिकालाई दैनिक हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई लाइन्स क्लब अफ बिरगंज संस्कृति गोल्डबाट सो सहयोग उपलब्ध गराइएको हो ।
सहयाेग सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सुधा कार्की थापाले आशा किरण केन्द्रले सुस्तमनिस्थितिका बालबालिकाको लागि गरिएको प्रयास अति नै सराहनिय रहेको वताइन । उनले सदस्यहरुले केन्द्रको लागि गरेको योगदानको उच्च कदर गर्दै सबैमा क्रिसमसकाे शुभकामना दिदै बच्चा एवं अभिभावहरुलाई क्रिसमसकाे टोपी लगाएर केक काटिनुका साथै कम्प्युटर, प्रीन्टर, मिठाइ, न्यानो कपडा एवं सामाग्रीहरु हस्तान्तरण गरेकी थिइन ।
कार्यक्रममा आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले सबै आगन्तुक पाहुनाहरुलाई खादा ओढाइ स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कोषाध्यक्ष सन्दिप मोहता, लायन्स रमेश अग्रवालले धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा क्लबका रमेश अग्रवाल, स्वेता मानन्धर, सुनिला अग्रवाल, प्रीया सिह, रिता सिकारिया, बिनिता अग्रवाल, श्याम अग्रवाल, डि.एन. अग्रवाल, रजनी वर्मा, सिन्धु कुश्वाहा लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन सचिव भगवती सिगदेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस