वीरगंज । नेकपा एमाले पर्साको जिल्ला कमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रम साेमबार सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीमा मनोनित १८२ जना सदस्यको सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
होटल कुमु प्यालेशमा भएकाे कार्यक्रममा जिल्ला सदस्यमा मनाेनित सुदिप लामा, मनाेज कुशवाहा, राजेन्द्र यादव, नरेश टिडेवाल, फरमान अन्सारी, ठाकुर न्याैपाने, सुनिल चाैरसिया, महेश दास, श्याम बन्जारा, केशी लामिक्षाने, यसवन्त यादव, अयाेध्या पटेल, दुर्गा लामिक्षाने, लालबाबु शेख, अखलेश साह लगायतकाले सपथ लिएका थिए ।
नेकपा एमाले प्रदेश २ का सहसंयोजक पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वाला साह, केन्द्रिय सदस्यहरु राजकुमार गुप्ता, अरविन्द सिंह, निर्मला देवकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
पर्सा अध्यक्ष प्रभु हजराको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज गुप्ताले गरेका थिए ।
यसैगरी साेमबार नै सम्पन्न जिल्ला कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले पुस ८ गते प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा जगरनाथपुर गाउँपलिकामा हुने बिशाल पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितीहरु गठन गरेको छ ।
कार्यक्रमलाई सफल पार्न संबिधान सभाका सदस्य जयप्रकाश थारुको संयोजकत्वमा व्यवस्थापन समिती र जिल्ला सचिव मनोज गुप्ताको संयोजकत्वमा स्यवंसेवक समिती गठन गरिएको छ ।