30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सोच परिवर्तन नभए सम्म लैङ्गिक हिसाको अन्त्य हुँदैन् : उप प्रमुख कार्की

वीरगंज । वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले मानिसको सोच परिवर्तन नभए सम्म समाजबाट लैङ्गिक हिंसाको अंत्य हुन नसक्ने बताएकी छन् । पब्लिक एफ.एमले वीरगञ्जको श्रीपुरस्थित श्री नेपाल राष्ट्रिय बिद्यापिठ माबिमा आयाेजना गरेकाे लैङ्गिक हिंसाको बिरुद्धमा सचेता मुलक कार्यक्रममा वाेल्दै यस्ताे वताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उप प्रमुख कार्कीले समाजमा दाईजो लिएर विवाह गरेकाहरु नै चर्को स्वरमा दाइजाेकाे बिरोध गरिरहेको बताउँदै छाेरी शिक्षामा जाेड दिइन । उनले शिक्षा भए हिंसा र दाइजाे प्रथाकाे अन्त्य भएर जाने वताइन ।

कार्यक्रममा बिध्यालयका प्र.अ.अनिल वर्णवाल, नेपाली कांग्रेसका स्थानिय नेता हुकुम सिंह राजपुत, नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेल, पत्रकार मनोज मिश्र, पब्लिक एफ.एमका प्रबन्द निर्देशक मुकेश सिंह, कार्यक्रम संयोजक लालबाबु सिंह, बिद्यार्थीहरु सनम खातुन, कुलसुम खातुन, प्रिया सरार्फ, गिता धामी, गजेन्द्र कुमार लगायतकाले आ आफ्नाे धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.143 sec. Memory consumption:81.47 mb