31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

“ट्राफिक सचेतना सप्ताहिक अभियान २०७८” को शुभारम्भ

वीरगंज । मोटरसाइकल तथा ठुला, मझौला सवारीहरुका चालक/सहचालक, सडक प्रयोग गर्ने यात्रु, पैदल यात्रु लगायतलाई लक्षित गरी साेमबार वीरगंजमा  “ट्राफिक सचेतना सप्ताहिक अभियान २०७८” को शुभारम्भ गरिएकाे छ ।

आम सर्वसाधारण तथा सडक प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्युनिकरण गर्नको लागि ट्राफिक नियमको पालना सम्बन्धी जानकारी गराई ट्राफिक सचेतना सम्बन्धी जनचेतना फैलाउन मंसिर २७ गतेदेखि पुस ४ गते सम्म “ट्राफिक सचेतना सप्ताहिक अभियान” संचालन गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अभियानकाे पहिलाे दिन जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रसंगको सहकार्यमा वीरगंज महानगरपालिकाकाे वडा नं. ८ आदर्शनगर चोकमा बिभिन्न ट्राफिक सचेतना सम्बन्धी स्लोगन भएका २५० वटा स्टिकर टाँस गर्नुकाे साथै ५०० प्रति पर्चा पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्कीले जानकारी दिए ।

यस अघि वीरगंजको आदर्शनगरदेखी लोहरपट्टी चोक हुँदै माईस्थान चोक सम्म प्रभातफेरी समेत निकालिएकाे थियाे । 

वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत निश्चल पाण्डेकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी गणका गणपति राजेन्द्र खड्का, वीरगंज पब्लिक कलेजका संचालक डा. दिपक शाक्य लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.125 sec. Memory consumption:81.47 mb