31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

भारत पञ्जाबकी २१ वर्षीया हरनाज बनिन मिस युनिभर्स २०२१

भारतकी हरनाज कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो । 

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । सन् २०१७ मा हरनाजले ‘मिस चन्डीगढ’ जितेकी थिइन् । उनले अर्को वर्ष २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ पनि जितेकी थिइन् । उनले सन् २०१९ मा ‘मिस इन्डिया’ पनि सहभागिता जनाएकी थिइन् । उनी सो प्रतियोगिताको टप १२ सम्म पुगेकी थिइन् । 

यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले पनि मिस युनिभर्सको ताज पहिरिएकी थिइन् । यसैगरी, सन् २००० मा लारा दत्ताले जितेकी थिइन् । 

नेपालबाट ‘मिस युनिभर्स २०२१’ मा ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत पनि सहभागी थिइन् ।  ​

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:215. Generation time:3.337 sec. Memory consumption:82.55 mb