30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एनए कलेजकाे बिदाई कार्यक्रम सम्पन्न

वीरगंज । नेशनल एकेडेमी कलेज वीरगंजमा शुक्रबार बिदाई कार्यक्रम सम्पन्न भएकाे छ । कलेजका बिबिएस तेस्रो बर्षका बिद्यार्थीहरुले चौथो बर्षका बिद्यार्थीहरुको लागि आयाेजना गरेकाे बिदाई समारोह सम्पन्न भएकाे हाे ।
 
क्याम्पका प्रिन्सपल निरज सिंहको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष अग्रवालले जिवन एउटा सिकाइ भएकोले वास्तविक जिवानमा आफ्नो अध्ययनलाई समर्पित गर्नु नै शिक्षा भएकाे वताए ।
 
वीरगंजकाे भिस्वा होटेलमा भएकाे कार्यक्रममा कलेजका कार्यकारी निर्देशकद्वय केदार तिवारी, बालगोपाल थापा, रेल्वे माविका प्राध्यापक मुनिलाल कर्ण, समाजबादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, पत्रकार सुरेश बिराडी, चौथो बर्षका बिद्यार्थी अक्षित पटेल, तेश्रो बर्षकी बिधर्थी अन्जु पन्डित लगायतले मन्तव्य राखेका थिए  ।
 
कार्यक्रममा कलेजका छात्र/छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:210. Generation time:6.289 sec. Memory consumption:81.26 mb