30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजबाट साधुसन्तको भेषमा दुई जना संकास्पद व्यक्ति पक्राउ

वीरगंज । वीरगन्जको नगवाबाट साधुको सन्तकाे भेषमा रहेका दुई जना संकास्पद व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । वीरगंज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

स्थानिय अंकित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त साधरण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरुमाथि शंका लागेर नियन्त्रणमा लिई नजिकै रहेको ईलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन् ।

पक्राउ परेको दुवैजनाले आफनो सहि पहिचान र धर्म लुकाएर हिन्दुको नामले भिख मागेर साधुसन्तको बदनाम गर्न खोजेको भन्दै आक्रोशित स्थानियले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन । पक्राउ परेका मध्ये एकजनाले आफनो नाम दिलिप र बुवाको नाम मुस्लिमले सलिम बताएपछि उनीहरुलाई शंका लागेको थियो ।

पछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरुको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अंकित एउटा आधार कार्ड भेटिएपनि त्यसमा उनको नाम दिलिप लेखिएको थियो भने, बुवाको नाम मुस्लिमको सलिम लेखिएको छ ।

प्रहरीले प्रारम्भीक अनुसन्धान गरेपछि पक्राउ परेका दुवैले आफनो घर ठेगाना गलत बताई रहेका थिए । कहिले दिल्ली त कहिले पन्जाब घर हाे ? थरी थरीका नाम परिर्वतन गर्न थालेपछि थप उनीहरुमाथि शंका बढेको हो । आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।

स्थानियहरुका अनुसार उनीहरुले आफूलाई हिन्दु बताएपनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरुमा देखिएन । गेरुवा कलरको वस्त धारण गरी साधुको भेषमा, घाँटीका भगवान शिवको फोटो, हातमा त्रिशुल, कानमा कुण्डल, टाउँकोमा गेरुवा कलरकै पगरी लगाएको हेर्दा हिन्दु सन्तसाधु जस्तो देखिने तर हिन्दुको एउटा समेत गुण नभेटिएपछि ईलाका प्रहरी कार्यालयलाई शंका लागेर थप अनुसन्धान तथा कारवाहीको लागि वडा प्रहरी कार्यालयको जिम्मा लगाएका हुन् ।

पक्राउ परेका यिनीहरुको ३०/३५ जनाकाे गिरोह रहेको बुझिएकाे छ । करिब ६ महिना पहिला अवैध रुपमा नेपाल प्रवेश गरेका यिनीहरु अस्थायी रुपमा बाराको जितपुरस्थित लालकापुल नजिकै डेरा जमाएर बसेका छन ।

साधुसन्तको भेषमा बारा, पर्सा लगायत नेपालको विभिन्न ठाउँमा घुम्ने गरेका छन । साधुसन्तको भेषमा रहेको गैर हिन्दुहरुले गेरुवा कलरको वस्त लगाई हाम्रो सान्धुसन्तलाई बदनाम गरी नेपालमा विभिन्न अपराधी गतिविधि घटना घटाई भाग्न सक्ने अनुमान समेत स्थानियले लगाएका छन ।

पक्राउ परेकाहरुमाथी प्रहरीले राम्ररी अनुसन्धान गरी दोषी ठहरिए कडा कारवाही गर्नुपर्ने माँग समेत स्थानियले गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.491 sec. Memory consumption:81.48 mb