30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रम सम्पन्न

वीरगंज । सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रममा बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । युकेआइडीकाे सहयाेग र नेपाल प्रहरी तथा इन्टरनेशनल अलर्टकाे सहकार्यमा वीरगंजकाे हाेटल रानिपाेखरीमा आयाेजित दुई दिने संवाद कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
लागु औषध न्युनिकरणकाे लागि आयाेजित कार्यक्रममा दा्स्राे दिन बुधबार लागु औषध न्यूनिकरणका ८ सुचकहरुकाे सम्बन्धमा कार्यक्रममा सहभागि सेवा प्रदायक निकाय सेवाग्राहीसंग संवाद गरिएकाे थियाे ।
 
संवादपछि सेवा प्रदायक र सेवाग्राही विच फरक मत देखिएका सुचक नं. ५ स्थानिय निकायले युवाहरुकाे लागि स्वराेजगारीकाे व्यवस्था गरेकाे छ र सुचक नं. ७ लागु औषध सम्बन्धि कडाईका साथ कानुन कार्यन्वयन गरेका छन् काे सम्बन्धमा सामुहिक छलफलबाट कार्य याेजना समेत तयार गरिएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक अताउल रहमान, महमद सफिउल्लाह आलम, प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता, सुर्य बहादुर श्रेष्ठ, आदर्श खतिवडा र ईन्टरनेशनल अलर्टकी फेसिलेटर बिनिता बरालले गरेका थिए ।
 
कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, बिरगंज महानगरपालिका वडा न. ३ का वडाध्यक्ष बैजु स्वर्णकार, पत्रकार शम्भु कुमार सुमन लागयतकाले आ आफ्नाे विचार राखेका थिए ।
 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:211. Generation time:4.827 sec. Memory consumption:81.26 mb