30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रम

वीरगंज । लागु औषध न्युनिकरणकाे लागि समाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रममा मंगलबारदेखी वीरगंजमा सुरु भएकाे छ । युकेआइडीकाे सहयाेगमा नेपाल प्रहरी र इन्टरनेशनल अलर्टकाे सहकार्यमा वीरगंजकाे हाेटल रानिपाेखरीमा दुई दिने संवाद कार्यक्रम सुरु भएकाे हाे । 
 
कार्यक्रममा खुल्ला सिमानाका कारण हुने अबैध लागु औषध ओसारपसार तथा सेवनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला सङ्ग छलफल गरिएको थियो । यसका साथै सेवा प्रदायक र सेवाग्राहीकाे सम्बन्धमा सुधार, गुणस्तरिय सेवा प्रवाहमा वृद्धि लगायतकाे विषयमा पनि छलफल गरिएकाे थियाे ।
 
कार्यक्रममा लागु औषध न्यूनिकरणका संचकहरु प्रहरीले खुला सिमानामा कडाई गरेका छन्, समाजमा आफ्नाे सम्यातालाई मान्याता दिएका छन्, प्रहरीले गिराेहरुकाे पहिचान गरेका छन्, समाजमा लागु औषध चेतनाकाे अभिवृद्धि बढेकाे छ, स्थानिय निकायले युवाहरुकाे लागि स्वराेजगारीकाे व्यवस्था गरेकाे छ, अभिभावकले बालबालिकाकाे समय दिएका छन्, प्रहरीले लागु औषध सम्बन्धि कडाईका साथ कानुन कार्यन्वयन गरेका छन् र स्थानीय आफ्ना सन्तानकाे भविष्य प्रति सचेत छन् काे विषयमा पनि छलफल गर्नुकाे साथ मूल्यांकल गरिएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक अताउल रहमान, महमद सफिउल्लाह आलम, प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता, सुर्य बहादुर श्रेष्ठ, आदर्श खतिवडा र ईन्टरनेशनल अलर्टकी फेसिलेटर बिनिता बरालले सहजिकरण गरेका थिए ।
 
कार्यक्रमकाे पहिलाे दिन मंगलबार सेवप्रादयक र सेवाग्राहीसंग छुट्टा छुट्टै संवाद गरिएकाे थियाे । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:210. Generation time:4.140 sec. Memory consumption:81.25 mb