वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ मा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) निकट मुस्लिम युवा कमिटी गठन गरिएको छ। लाेसपा निकट मुस्लिम युवाहरुकाे एक भेलाले मेराज आलमकाे अध्यक्षतामा १५ सदस्यीय मुस्लिम युवा कमिटी गठन गरेकाे लाेसपाका नेता मुकेश द्विवेदीले जानकारी दिए ।
जुन कमिटीकाे उपाध्यक्षमा कलाम आलम, सजीवमा फिरोज आलम, सह सचिवमा अरसद हुसैन, कोषाध्यक्षमा महमद आलम, सदस्यमा सम्सुल आलम, सरोज आलम, समजाद आलम, रबनेश आलम, सैफ अली, नसिब आलम, नवाब आलम, तब्रेजा आलम, आवास आलम, यीमरान आलम, बसिर आलम, सैयाद आलम, दिलसाद आलम, प्रविज आलम र सानिए आलम रहेका छन् ।
लोस्पाका स्थानिय नेता संजय मण्डलकाे अध्यक्षतामा भएकाे भेलामा लोसपा मुस्लिम विभागका अध्यक्ष वकील हावारी, नगर युवा अध्यक्ष राजु गुप्ता, लोसपाका युवा नेता अजय महतो, वडा नं २१ का युवा समितिका अध्यक्ष पुरुषोतम पटेल, रुपेश यादव, सिपलाल राम लगायतको उपस्थिती थियो भने कार्यक्रमको सहजीकरण कृष्णा पटेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस