वीरगंज । नेपाली कांग्रेस जिराभवानी गाउँपालिका वडा नं. २ को सभापतिमा सरोज चौरसिया निर्विराेध निर्वाचित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसिया निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए ।
यस्तै, सेढवामा भएकाे अधिवेशनमा वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु निर्वाचित भएकाे अधिकृत कानुले जानकारी गराए ।
वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।
यस्तै, अधिबेशनले प्रदेश सभा सदस्य शंकर प्रसाद चाैधरीसहित १५ जना क्षेत्रिय प्रतिनिधि पनि सर्वसमत चयन गरेकाे छ ।
निर्विराेध निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुमा दिनेश चाैधरी थारु, सत्यनारायण साह कानु, पन्ना देवी चमार, लिलावती देवी चमार, ज्ञानती देवी यादव, पासपत चाैधरी, रधुनाथ प्रसाद यादव, माेहन चाैधरी, नविरसुल मियाँ, वृजु महताे थारु, रामराज दास थारु, इन्द्रजित पासवान, अनाेज चाैधरी, रामनारायण साह कानु रहेका छन् ।