वीरगंज । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पर्सामा जारी जनगणनाकाे मंगलबार जिल्ला जनगणना कार्यालय पर्साकाे एक टाेलीले अनुगमन गरेकाे छ ।
जिल्ला जनगणना अधिकारी केशव ज्ञवाली नेतृत्वकाे टाेलीले कालिकामाई गाउँपालिका र धाेबिनी गाउँपालिकाकाे विभिन्न वडामा जारी गणना कार्यकाे अनगुमन गरेकाे हाे । अनुमन टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. १, २, ४ र ५ मा जारी गणना कार्यककाे अनुगमन गरेकाे स्थानिय जनगणना अधिकारी उमेश सहनीले जानकारी दिए ।
अनुगमनकाे क्रममा दाेस्राे चरणकाे जनगणना अन्तर्गत मुल गणनाकाे लागि खटिएका गणकहरुले भरेकाे फाराम चेकजांज गर्नुकाे साथै देखिएकाे कमिकमजाेरी बारे जानकारी गराइएकाे अधिकारी सहनीले वताए ।
अनुगमन टाेली प्रत्येक वडामा खटिएकाे गणकहरुकाे एक ठाउँमा भेला गराएर उनीहरुले भरेकाे प्रश्नावली फारम चेकजांच गरेकाे थियाे । साे क्रममा देखिएकाे गलती सच्याउन निर्देश दिइएकाे अनुगमन टाेलीले जनाएकाे छ ।
साे अनुगमन टाेलीमा जिल्ला जनगणना कार्यालय पर्साका सहायक कर्मचारी अमित खड्का, नितेश साह, साेमलाल श्रेष्ठ सहभागिता रहेकाे थियाे ।
“मेराे गणना, मेराे सहभागिता” नाराका साथ जारी राष्ट्रिय जनगणनाकाे लागि पर्सामा ५५६ जना गणक खटिएका छन् भने उनीहरुकाे सुपरिवेक्षणकाे लागि १४२ जना सुपरिवेक्षकहरु खटिएका छन् । कात्तिक २५ गतेदेखी सुरु भएकाे मुल गणना कार्य मंसिर ९ गते सक्ने छ ।