29.8 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

शरदा शिक्षण संस्थाकाे उद्घाटन

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरमा शरदा शिक्षण संस्थानको स्थापना गरिएको छ । उक्त शिक्षण संस्थानको उद्घाट बिहिबार एक कार्यक्रमका बिच जनता समाजवादी पार्टीका छिपहरमाई गाउँपालिका संयाेजक ईन्द्रासन साह कलवारले गरेका हुन् ।

शिक्षण संस्थाकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका संयाेजक कलवारले निशुल्क रुपमा शिक्षा दिने उद्देश्यले स्थापना भएकाे शिक्षण संस्थाबाट गरिब, दलित, विपन्न परिवारका बालबालिका लभान्वित हुने विश्वास व्यक्त गरे ।

गाउँ घरमा घुमिरहेका गरिब, असहाय शिक्षाबाट वञ्चित रहेका सबै बालबालिकाहरुको लागि निशुल्क शिक्षा दिने शारदा शिक्षण सँस्थानको उदेश्य रहेको कार्यक्रमका व्यवस्थापक नुतून उपाध्यायले बताए ।

 गगनदेव यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा हरिमाधव यादव, रामपुकार यादव, लालबहादुर यादव, हिरालाल यादव, हिमाञ्चल कुशवाहा,वीरेन्द्र यादव, रमेश कुशवाहा, मोतीलाल साह,जय कुशवाहा, बाबुलाल साह, सुशील हजरा, नन्दलाल यादव, अशोक यादव, अर्जुन यादव लगायत शिक्षक, सुरक्षाकर्मी, स्थानिय संचारकर्मीकाे उपस्थीती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.580 sec. Memory consumption:82.47 mb