30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

टिभी वीरगंजको अत्याधुनिक नयाँ स्टुडियोको उद्घाटन

वीरगंज । धनतेरसको अवसर पारेर मंगलबार एक कार्यक्रमका विच रेडियो वीरगंज परिसरभित्र निर्मित टिभी वीरगंजको अत्याधुनिक नयाँ स्टुडियोको उद्घाटन गरिएको छ ।

टिभी वीरगंज एवं रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले मंगलबार साँझ टिभी बीरगंजको नवनिर्मित स्टुडियोको उद्घाटन गर्नु भएको हो । रेडियो वीरगंज परिसर भित्र निर्माण गरिएको नयाँ स्टुडियोबाट उद्घाटन पश्चात नियमित रुपमा कार्यक्रमहरु प्रशारण गरिएको छ ।

यस अघि टिभी बीरगंज स्टुडियो रेडियो वीरगंजकै भवनमा रहेकोमा आजबाट रेडियो परिसर भित्रै छुट्टै भवन निर्माण गरी स्टुडियो स्थापना गरिएको र सो स्टुडियो उद्घाटन पश्चात नियमित प्रशारण समेत शुरु गरिएको टिभी बीरगंजका प्राविधिक प्रमुख दिपक कुशवाहाले जानकारी दिए ।

साे अवसरमा रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, उजवल घिमिरे, निलिमा पाैडेल, आरके पटेल, नेपाल पाेष्ट डेलीका सम्पादक मनाेज पटेल, भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय चाैरसिया, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन लगायतका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:218. Generation time:3.304 sec. Memory consumption:81.47 mb