27 C
Birgunj
12 September 2024
KALIKATIMES.COM

अजिज मियाँ माविले बाँडयाे छात्र/छात्राहरुलाई काेट र पाइन्ट

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धाेविनीले कक्षा ११ का छात्र/छात्राहरुलाई पाेशाक वितरण गरेकाे छ ।

विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी छात्र/छात्राहरुलाई निशुल्क काेट, पाइन्ट, स्वर्ट र टाई वितरण गरेकाे हाे ।गाउँपालिकाकाे वडा नं. ५ काे वडा स्तरिय याेजनाबाट विद्यार्थीहरुलाई पाेशाक वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए ।

यस्तै, विद्यालयमा अध्ययनरत अन्य सम्पूर्ण विद्यार्थीहरुलाई चिसाेकाे लागि न्यानाे कपडा (स्वइटर) वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक रामले जानकारी दिए ।

कार्यक्रममा पाेशाक वितरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राजु साहले ईक्षा शक्ति भए गाउँमै गुण स्तरिय शिक्षा सम्भव भएकाे वताए । विद्यालयकाे व्यवस्थापन देखे पछि प्रशंसा गर्दै उनले स्तरियताकाे लागि इच्छा शक्ति हुनु पर्ने वताए ।

प्रधानाध्यापक रामकाे अध्यक्षता र वडाध्यक्ष मनाैवर अहमदकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल शिक्षक महासंघ धाेबिनीका अध्यक्ष महम्मद आरिफ अन्सारी, विद्यालयका शिक्षक र शिक्षिकाहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन शिक्षक गाेबिन्द कुमार पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरका विद्यालयका शिक्षकहरुकाे तलब अब सोझै आफ्नै खातामा

कालिका टाईम्स

उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्न थप पानीका स्रोतहरू खोजी गर्न मन्त्रीकाे निर्देशन

कालिका टाईम्स

पर्सा प्रहरीले झण्डै ४ कराेड बराबरकाे मालबाहक ट्रकहरू राअका बुझायाे

कालिका टाईम्स
Comments
SQL requests:202. Generation time:5.557 sec. Memory consumption:79.75 mb