30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड आयोजना हुने

वीरगंज । पिसि मिडिया प्रा.लि.द्वारा सञ्चालित तथा वीरगञ्जबाट प्रसारित रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो । गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले रेडियो सान्भीले सान्भी म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एंव रेडियो सान्भीका समाचार प्रमुख दिपक गौतमले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कलाकार अजमत अलिले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताउँदै निरन्तरताको आग्रह समेत गर्नु भयो ।

त्यस्तैगरी स्थानीय क्षेत्रमा प्रसिद्ध कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राख्नु भएको थियो ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकारसंघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीका बिच गरेको सम्झौता आदानप्रदान गरिएको थियो । रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नु भएको थियाे ।

स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र यहाँको कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने हामीले निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताउनुभयो ।

गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका यहाँकै स्थानीय कलाकारहरुको प्रोत्साहन स्वरुप आयोजना गर्न लागिएको म्युजिक अवार्डले कला प्रतिभाको सम्मान हुने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गर्नुभएको थियो भने रेडियोसान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ लाई सफल पार्नका लागि सबैलाई आ आफ्नाे क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजीरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:5.801 sec. Memory consumption:81.47 mb