22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीउवासंघद्वारा प्रमुख कर अधिकृतको बिदाई

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले बुधबार एक समारोहबीच आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत सुनिलकुमार यादवको बिदाई गरेकाे छ ।
 
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले कर प्रशासन तथा सेवालाई चुस्त दुरुस्त बनाउन तथा यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई विभिन्न गतिविधि तथा कार्यक्रमहरु मार्फत कर सम्बन्धी शिक्षा प्रदान गर्न प्रमुख कर अधिकृत यादवले गरेकाे कार्यहरु महत्वपूर्ण रहेको बताए । कर प्रमुख यादवले सक्रिय भई आफ्नो कार्य निर्वाहन गरेकाे फलस्वरुप नै विगतको भन्दा हाल करका प्रशासनिक कार्यहरुमा अझै सरलीकरण आएको अध्यक्ष गुप्ताले बताए ।
 
बिदाई समाराेहमा प्रमुख कर अधिकृत सुनिल कुमार यादवले कर प्रशासन र निजीक्षेत्र दुवै बीच अनन्य सम्बन्ध रहेको बताए । उनले व्यापार व्यवसाय फस्टाउँदै गए मात्र कर सङ्कलन पनि बढ्ने बताए । प्रमुख कर अधिकृत यादवले यस क्षेत्रको औद्योगिक, आर्थिक तथा समाजिक विकासको लागि वीरगंज उद्योग वाणिज्य संघले निर्वाह गर्दै आएको भूमिका सराहनिय रहेको बताए ।
 
उनले आगामी दिनहरुमा समेत एक आपसबीचको संस्थागत सम्बन्ध अझै प्रगाढ भई विकासका कार्यहरुमा हातेमालो गरी अगाडि बढ्नेमा आफु विश्वस्त रहेको बताए ।
 
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोज कुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रुँगटा लगायतकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:4.800 sec. Memory consumption:81.22 mb