वीरगंज । बाराकाे करैयामाई गाउँपालिका वडा नं. ८ नरही बजारमा मेला लागेकाे छ । दुर्गा पुजाकाे अवसरमा एकदशी (शनिबार)देखी लागेकाे मेलाकाे उद्घाटन संघ सरकारकाे वन तथा बातावरण मन्त्री रामसहाय यादवले गरेका थिए ।
पूर्वकालदेखी लाग्दै आएकाे मेला यस बर्ष पनि आयाेजना गरिएकाे वडाध्यक्ष सुरेन्द्र साह साेनारले वताए । काेराेना भाइरस संक्रमणका कारण दुई बर्ष लाग्न नसकेकाे मेला यस बर्ष लागेपछि भिडभाड बढेकाे उनले वताए ।
३ दिन सम्म लाग्ने मेलामा मनाेरंजनकाे लागि सांस्कृति कार्यक्रम अन्तर्गत नाच गान पनि हुँदै आएकाे छ । मेलास्थल मै दिन र रातिकाे समयमा हुँदै आएकाे नाच हेर्न सयाैं महिला र पुरुषहरुकाे उपस्थिती हुने गरेकाे वडाध्यक्ष साेनारले वताए ।
मेलाकाे शान्ति सुरक्षाकाे दर्जनाैकाे संख्यामा नेपाल प्रहरी खटिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस