30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नवनियुक्त मन्त्री रामसहाय यादवकाे वीरगंजमा स्वागत

वीरगंज । संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव बुधबार गृह जिल्ला बारा आएका छन् । असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद बिस्तारमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपा नेपालका माहासचिव मा. रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए ।

वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला बारा आएका हुन् । मन्त्री यादव बुधबार बिहान ११:३० बजे वीरगंजस्थित बहुवरी चौकमा पुगेपछि पर्सा र बाराका जसपाका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाई दिएकाे जसपाका युवा नेता शिव कुमार साहले बताए ।

जसपा नेपालका केन्द्रिय सदस्य फिरोज मसूर, प्रदेश कमिटी सदस्य गौरीशंकर साह, सलाउदिन अहम्द, महाराज यादव, प्रदेश सभा सदस्य सिंघासन साह कलवार, पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, बारा जिल्ला अध्यक्ष अजय पटेल, युवा नेता शिव कुमार साह, क्षेत्र नं. २ अध्यक्ष कामेश पन्डित लगायत जसपाका नेता तथा कर्याकर्ताले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:5.098 sec. Memory consumption:81.47 mb