17.8 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

रात्री माविकाे भवनमा “भोजपुरी प्रतिष्ठान”को कार्यालय उद्घाटन

वीरगंज । भोजपुरी भाषा, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बीरगंज महानगरपालिकाद्वारा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको कार्यालय बिहिबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वीरगन्ज महानगरापलिका ८ वडा समितिको कार्यालय भएको भवनमा भोजपुरी प्रतिष्ठानको कार्यालय स्थापना गरी उद्घाटन गरेका हुन् । वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरी भवन निर्माणको समेत शिलान्यास सम्पन्न भई सकेको छ ।

भवन निर्माण नहुँदा सम्म रात्रि माविमा प्रतिष्ठानको कार्यालय सञ्चालनमा रहने नगर प्रमुख सरावगीले बताए । प्रतिष्ठानका संरक्षक समेत रहेका वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीले भोजपुरी भाषा आफैमा निकै समृद्ध रहे पनि उपेक्षाको शिकार भएको बताए ।

भोजपुरीभाषी क्षेत्रबाट नै यसको ओज र गरिमा पुर्नस्थापीत हुन जरुरी रहेकोले वीरगंज महानगरपालिकाले ऐन निर्माण गरेर भोजपुरीमा काम गर्नका लागि प्रतिष्ठान नै खडा गरेको बताए । अहिले राष्ट्रिय जनगणनामा भोजपुरी भाषाको संख्या कम देखाउने गरी ‘तथ्यांकीय गडबडि हुने संभावना रहेकोले यसप्रति चनाखो रह्न’ कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै उनले अह्वान गरे ।

भोजपुरी भाषा, कला संस्कृतिको उत्थानको लागि स्थापना गरिएको प्रतिष्ठान भएको भोजपुरी साहित्यकार एवं प्रतिष्ठानका अध्यक्ष द्विवेदीले बताए । उनले भाषा माथी नियोजित प्रहार भएकोले चनाखो हुनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका द्विवेदीले आश्चर्यजनक रुपमा नेपालमा भोजपुरी भाषीको संख्या २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा घटाइएको बताए । यसको बारेमा उनले तथ्यांक प्रस्तुत गरेर प्रस्ट पारे ।

राष्ट्रिय जनगणना २०४८ अनुसार भोजपुरी भाषीको जनसंख्या कुल जनसंख्याको ७.५०% थियो जुन २०५८ मा थोरै बृद्धी भएर कुल जनसंख्याको ७.५३३% प्रतिशत हुन पुगेको उनले स्मरण गराए । तर राष्ट्रिय जनगणना २०६८ मा आश्चर्यजनक रुपमा यसमा कमी आएको उनले बताए ।

‘२०६८ को जनगणना अनुसार भोजपुरी भाषीको संख्या घटेर ५.९८२२ प्रतिशतमा सिमित भएको छ,’ सम्बोधनको क्रममा द्विवेदीले भने, ‘अहिले पनि देशको तेस्रो ठुलो भाषा भए पनि आगामी दिनमा यसको संख्या कम भयोे भने यो चौथो भाषा बन्न पुग्नेछ ।’

भोजपुरी प्रतिष्ठानको उद्घाटन भएको कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले भाषालाई जोगाउन सचेत हुनुपर्ने र यसको समृद्धीलाई बचाउन यसको हकमा प्राज्ञिक तथा साहित्यिक गतिबिधहरु हुनु पर्ने बताए ।

वीरगन्ज महानगरपालिका नम्बर ८ का अध्यक्ष राजकिशोर कानुले भाषाको जगेर्नामा प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । 

कार्यक्रम मै प्रतिष्ठानकाे कार्यकारिणी सभा सदस्यमा मनोनित भएका भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया, भोजपुरी माटी पत्रिकाका रामप्रसाद साह, भाेजपुरी भाषा मे संचालित आपन वीरगंज अनलाईनका मिथिलेश चौरसिया, राजेन्द्र सिंह नेपाली, ध्रुव सिंह ठकुरी, डा. हरेन्द्र हिमकर लगायतकालाई मनोनित पत्र वितरण गरिएकाे थियाे ।

उद्घाटन कार्यक्रमकाे संचालन प्रतिष्ठानका सदस्य पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.319 sec. Memory consumption:81.46 mb