24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

तीन चक्के टेम्पो खरिदमा फाइनान्सको सुविधा

वीरगन्ज । वीरगन्ज बसपार्कस्थित लक्ष्मी मोटर्स प्रा.लि. र एन.आई.सि. एसिया लघुवित्तबीच तीन चक्के टेम्पोको फाइनान्स गर्ने सहमति भएको छ । मध्यम वर्गका व्यक्तिहरुले आफ्नो टेम्पो व्यावसाय संचालन गर्नका लागि क्रेताहरुको सहयोग पुग्ने उद्देश्यले एन.आई.सि. एसिया लघुवित्तसँग टेम्पो फाइनान्स गर्ने सहमति गरेको हो ।

जे.एस.ए. अटो प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता वीरगन्ज बसपार्कस्थित श्री लक्ष्मी मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक अरुण कुशवाहा र एन.आई.सि. एसिया लघुवित्त सँस्था लालबन्दीका उप निर्देशक ढाल प्रसाद तिमिल्सिनाबीच अटो टेम्पोको फाइनान्स गर्ने लिखित सहमति भएको हो ।

लक्ष्मी मोटर्स प्रा.लि.को कार्यालयमा भएको सहमतिमा विभिन्न प्रकारको १० बुंदे सहमति भएको हो, जसमा टेम्पो किन्ने क्रेताको सुविधादेखि लघुवित्तले लगानी गर्दा अपनाउनुपर्ने सुरक्षाको विषयलाई समेटिएको छ ।

मुलुकमा अधिकाँश युवाहरु बेरोजगार रहेको अवस्थामा सानै लगानीमा आफ्नो व्यावसाय शुरु गर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै लक्ष्मी मोटर्स प्रा.लि.ले फाइनान्सको सुविधा ल्याएको प्रबन्ध निर्देशक कुशवाहाले जानकारी दिए । उनका अनुसार तीन चक्के टेम्पो खरिद गर्दा एकै पटक भुक्तानी गर्न सक्ने अवस्था नरहेको पनि व्यक्तिहरु हुन्छन्, जसले आफ्नो जीविकोपार्जनका लागि व्यावसाय संचालन गर्न चाहन्छन्, तर सवारी किन्न सक्दैनन्, त्यस्ता मध्यम वर्गका व्यक्तिहरुको सहुलियतको लागि यो फाइनान्स सुविधा ल्याइएको बताए ।

यो फाइनान्सको सुबिधाले गर्दा कुनै व्यक्तिले कम्तिमा ४० प्रतिशत नगद भुक्तान गरि फाइनान्स गराएर तीन चक्के टेम्पो किन्ने सक्ने अवस्था सृजना भएको छ । सवारी किन्दा लघुवित्त र टेम्पोको अधिकृत विक्रेताबीच भएको सहमति अनुसार फाइनान्स गराउँदा क्रेताहरुले केही शर्तहरु पनि पुरा गर्नुपर्ने निर्देशक कुशवाहाले बताए ।

यस फाइनान्सले खास गरेर मध्यम वर्गका मजदुरहरुले लाभ लिन सक्ने उनको भनाई छ । साहुको टेम्पो भाडामा लिएर चलाउने चालकहरुले पनि यो सुविधाको सदुपयोग गर्दै आफ्नै टेम्पो किन्न सक्ने वातावरण सृजना भएको बताइएको छ । श्री लक्ष्मी मोटर्स प्रा.लि. जे.एस. ए. टेम्पोको नेपालको लागि आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.060 sec. Memory consumption:81.45 mb