24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जिल्ला बचत संघकाे १४ औं स्थापना दिवस वीरगंजमा मनाइयाे

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साले एक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे १४ औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा वीरगंजमा भएकाे कार्यक्रमकाे उद्घाटन राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक समिति सदस्य शम्भु गुप्ताले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गुप्ताले शुभकामना मन्तव्य राख्दै सहकारी संघले साकोसकोहरुकाे मन जित्न सफल भएकाे वताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेश पंडितले संचालक समितिले निर्णय गरेको पाँच वटा उप–समितिका पदधीकारीहरुलाई आ–आपनो जिम्मेवारी बहन गर्न आग्रह गरे ।

संघका अध्यक्ष पण्डितकाे अध्यक्षतामा भएकाे कार्याक्रमा जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, लेखासमितिका संयोजक राजेन्द्र प्रसाद जयसवाल, राष्ट्रिय सहकारी बैक लि. वीरगंज शाखाका प्रवन्धक संजय कुमार महतो र नेफ्स्कुन फील्ड कार्यालयका इन्चार्ज बृजेश गुप्ताले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे स‌ंचालन संघका महासचिव जिष्णु बरालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.041 sec. Memory consumption:81.44 mb