24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

यातायात कार्यालय वीरगंजमा हुँदै आएकाे संगठित अनियमितताकाे खुलासा

वीरगंज । यातायाता व्यवस्था कार्यालय वीरगंजकाे सावारी शाखामा संगठित रुपमा अनियमितता भइरहेकाे रहस्यकाे खुल्लासा भएकाे छ । सवारी चालक अनुमति पत्र नविकरणमा भइरहेकाे याेजनाबद्ध संगठित अनियमितताकाे खुल्लासा भएकाे हाे ।

गत बर्षकाे माघ र फागुन महिनामा यातायात कार्यालय बुटवलबाट लिएकाे दुई सय जति सवारी चालक अनुमति पत्र यातायात कार्यालय वीरगंजबाट नविकरण गरिएकाे थियाे । नविकरण गरिएकाे सवारी चालक अनुमती पत्र मध्ये केहीकाे समुह नै फरक परेपछि र केहीकाे सम्बन्धित कार्यालयमा रेकर्ड नै नभेटिएपछि नविकरण नै रद्द गर्नु परेकाे छ ।

यातायात कार्यालय वीरगंजका केही कर्मचारीहरुकाे मिलाेमताेमा भएकाे त्यस्ताे संगठित अनियमितता बारे यातायात व्यवस्था विभाग सम्म जानकारी पुगेपछि रद्द गरिएकाे हाे । त्यस सम्बन्धमा विभागले समेत अनुसन्धान अगाडी बढाएकाे छ ।

लकडाउनकाे समयमा वीरगंजकाे एक कर्मचारीकाे युवजर आइडी प्रयाेग गरी वीरगंजबाट भर्नु पर्ने फाराम बुटवलबाट नै भरिएकाे थिाये । नविकरणकाे लागि रसिद समेत काटि सकिएकाे विभिन्न समुहका सवारी चालक अनुमती पत्र यातायात कार्यालयकाे ढाटा र डियलमा रेकर्ड मैच नखाएपछि साे कार्यमा सलग्न रहेका कर्मचारी फस्ने डरले नविकरण पक्रिया नै रद्द गर्नु पर्याे ।

साेर्स डाटा नभेटिएर गत बर्षमा एक सय ८७ वटा सवारी चालक अनुमती पत्रकाे नविकरण पक्रिया रद्द गरिएकाे यातायात कार्यालय वीरगंजका लाइसेन्स शाखा प्रमुख शुसिल साहले वताए ।

उनले कार्यालयकाे रेकर्डमा केही सवारी चालक अनुमती पत्रकाे समुह नै फरक परेपछि र केहीकाे रेकर्ड नै नभेटिएपछि नविकरण पक्रिया रद्द गर्नु परेकाे वताए । त्यस्ताे सवारी चालक अनुमती पत्र नविकरण गर्न यातायात कार्यालय वीरगंजकाे कुन कर्मचारीकाे युजर आइडी प्रयाेग भएकाे संचारकर्मीकाे प्रशनकाे जवाफमा कार्यालय प्रमुख साहले हामीलाई त्याे कुरा थाहा नहुने र यस सम्बन्धमा विभागले अनुसन्धान पक्रिया अगाडी बढाएकाे जानकारी दिए ।

यस्ताे कार्य विगतदेखी नै यातायात कार्यालयका कर्मचारीहरुकाे मिलाेमताेमा हुँदै आएकाे समाचार स्राेतले जनाएकाे छ । अरु कार्यालबाट लिएकाे सवारी चालक अनुमती पत्रकाे वर्ग नै फरक पर्ने गरी यातायात कार्यालय वीरगंजबाट हुने गरेकाे नविकरणमा ठुलाे रकमकाे चलखेल समेत हुँदै आएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.582 sec. Memory consumption:81.46 mb